अफगानी पत्रकार मिनाको दिनदहाडै गोली हानी हत्या

रिता घिसिंग

एजेन्सी : अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको गाेली हानि हत्या गरिएकाे छ । शनिबार दिउँसाे अफगानीस्तानकाे राजधानी काबूलमा गोली हानी हत्या गरिएको हाे ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार शनिबार गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा काममा जाँदै गर्दा उनलाई गोली हानिएको बताइएको छ । मिना अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकार समेत थिइन् ।

मिनाकाे हत्या भएपछि अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन माग गर्दै आन्दाेलन गरिरेहका छन् भने अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका गर्नुभएकाे छ ।

प्रतिक्रिया