‘अब गाएगा मथुरा’को बिजेता सुदिक्षा ढुंगेलको स्वरमा ‘मनमा छ कुरा’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौं, १७ साउन : भारतको चर्चित रियालिटी शो ‘अब गाएगा मथुरा’को बिजेता सुदिक्षा ढुंगेलको स्वरमा सजिएको ‘मनमा छ कुरा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। माधव भण्डारीको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

संग्राम तमाङको निर्देशन रहेको भिडियोमा गायिका सुदिक्षासँगै मिकेश पौडेल फिचर्ड छन भने बिमल राई र महेश थापाको कोरियोग्राफी, रामेश्वर जिरेलको छायाँकन, र बन्दे प्रसादको सम्पादन रहेको छ । गीत जती सुमधुर छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

सुमधुर स्वरकी धनी सुदिक्षाका यस भन्दा अगाडि केही भजन अनि गीतहरु बजारमा आएका छन । करिब तीन बर्षको उमेर देखी नै गीत गाउन थालेकि सुदिक्षाले थुप्रै रियालिटी शोहरु पनि जितेकी छिन् ।

कक्षा ९ मा अध्ययनरत सुदिक्षा आफ्नो पारिवारिक माहौल नै गीत संगीत भएकोले आफु पनि सानै देखी गीत संगीतमा लाग्न प्रेरित भएको बताइन ।

हेर्नुहोस् सुदिक्षाको स्वर तथा अभिनय रहेको गीतको भिडियो:

प्रतिक्रिया