अब तिमी परीहरुसँग भेट्न जाँदैछौ भन्दै आमाले गरिन् ४ बर्षिय छोरीको हत्या

रिता घिसिंग

एजेन्सी : इङल्याण्डको साउथ वेल्स शहरमा एक महिलाले आफ्नै ४ बर्षिय छोरीलाई पानीमा डुबाएर हत्या गरेकी छिन् । महिलाका अनुसार देवदूत र जिससले उनलाई यसो गर्न भनेका थिए । महिलालाई आशा थियो कि उनकी छोरी २ दिनपछि जीवित हुनेछिन् । तर, यस्तो भएन । पुलिसले बालिकाको शव बगैंचामा राखिएको कफी टेबलमुनिबाट बरामद गरेको छ । अदालतमा सुनुवाइको क्रममा एक न्यायाधीशले बीचमा १० मिनेटको ब्रेक लिएका थिए किनकि उनले बालिकामाथि भएको क्रुरता सुन्न सकेनन् । अहिले यो मुद्दाको सुनुवाइ अदालतमा चलिरहेको छ ।

यो घटना यही जून महिनाको ८ तारिखमा साउथ वेल्सको टोर्निपेंडीमा भएको थियो । ३८ वर्षकी कार्ली हेरिसले आफ्नी ४ वर्षकी छोरी एमेलियाको हत्या गरेर बगैंचामा गाडेकी थिइन् । पहिले उनले छोरीलाई बाथटबमा डुबाएर मारेकी थिइन् त्यसपछि गार्डेनमा लगेर जलाएर गाडेकी थिइन् । एमेलियालाई मार्नुभन्दा पहिले कार्लीले उनलाई भनेकी थिइन् कि तिमी एन्जल (परी)सँग भेट्न जाँदैछौ जो तिमीले स्वर्गमा भेट्नेछौ । अदालतमा सुनुवाइको क्रममा छिमेकीले त्यसरात एमेलियाले मम्मी भन्दै चिच्याएको सुनेको बताएका छन् ।

सुनुवाइका क्रममा कार्ली मानसिक रोगी भएको बताइएको छ । महिलाका अनुसार उनले यो काम ईश्वरले भनेपछि गरेकी थिइन् । पुलिसलाई दिएको बयानमा उनले यो काम देवदूतले भनेर गरेको बताइन् । महिलालाई आशा थियो कि उनकी छोरी २ दिनपछि फर्किनेछिन् । हत्या गरेपछि कार्लीले आफ्ना १७ वर्षका छोरालाई भनेकी थिइन् कि एमेली स्वर्ग गएकी छिन् र २ दिनपछि फर्केर आउनेछिन् ।

उनको कुरा सुन्नाथ छोरा दौडिँदै बगैंचामा गए जहाँ उनले एक कम्बल राखिएको देखे । कम्बल हटाएर हेर्दा त्यहाँ उनकी बहिनीका जलेका खुट्टा देखिए । त्यसपछि उनले आमालाई चिच्याउँदै गाली गरेको आफूहरुले सुनेको छिमेकीले बयान दिएका छन् । छिमेकीका अनुसार उनीहरुले यही बीचमा महिलाका साना छोराले भनेको सुनेका थिए ‘पुलिसलाई फोन नगर मम्मी जेल जानुहुन्छ ।’

प्रतिक्रिया