अभिनेत्री करिनाले लिइन् ८० करोड पारिश्रमिक

रिता घिसिंग

एजेन्सी : लामो समय फिल्ममा नदेखिएकी बलिउड अभिनेत्री करिना कपुर अब भारतीय टिभी शो ‘डान्स इन्डिया डान्स’मा देखिने भएकी छन्। ‘डान्स इन्डिया डान्स’को यस सिजनका लागि उनले सहमतिसमेत गरिसकेको भारतीय मिडियाले जनाएका छन्।

रोचक त के छ भने ३ महिनाको उक्त शोका लागि करिनाले ८० करोड पारिश्रमिक लिनेछिन्। करिनाले शोमा निर्णायकको भूमिका निर्वाह गर्नेछिन्। यो उनको डेब्यू टिभी शो हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू