अमेरिकामा २ दशक यताकै शक्तिशाली भुकम्प

admin

एजेन्सी : अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा बलियो भूकम्प गएको छ । भुकम्पका कारण विभिन्न क्षति र आगलागी भएको छ ।लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दुमा केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस)ले ६।४ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ । त्यहाँ आपतकालिन घोषणा गरिएको छ ।

केन्द्रविन्दु रहेको शहरमा ठूलो क्षति भएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएको कुरा एजेन्सीले जनाएको छ । भुकम्पका कारण केही मानिसहरु घाइते भएको समेत जनाइएको छ । उद्धारका लागि अग्निनियन्त्रकहरु एवं सुरक्षाकर्मी खटिएका छन् ।

यो भुकम्प अन्तिम नभएको क्यालिफोर्नियाका आपातकालीन सेवाका गर्भनर ब्राड अलेक्जेंडर ले बताएका छन् । भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले आग्रह गरेकी छन् ।भुकम्प १० देखि १५ सेकेण्डसम्म रहेको जनाइएको छ । क्षतिकाे पूर्ण विवरण आउन बाँकी छ।

प्रतिक्रिया