अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशको कति पुग्यो ?

कृष्ण रोकाया

काठमाडौँ, ३ माघ : नेपाली बजारमा आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ बढेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३३ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ६९ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ २९ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ८१ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४६ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ २ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।

प्रतिक्रिया