अर्जुन क्षेत्रीले अन्तत : हातै जोडेर माफी मागे, चर्चित गुरुहरुको अगाडी भने गल्ती भयो, अब विचार गरेर बोल्छु [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, ५ फागुन  : आँफुलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीले अन्तत : माफी मागेका छन् । पछिल्ला केही महिनादेखि समाजिक संजालमा अत्यन्त भाइरल बनीरहेका क्षेत्रीको विषयलाई लिएर जनमानसमा विभिन्न खालका टिका टिप्पणीहरु आउन थालेपछि उनले नेपाल ज्योतिष परिषदले आयोजना गरेको पत्रकार सम्मेलनका अवसरमा माफी मागेका हुन् ।

ज्योतिषीहरुको संगठन विश्व ज्योतिष महासंघ, दक्षिण एशियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद्ले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा निकै नै भावुक देखिएका क्षेत्रीले आँफुले धेरैजसो विषयमा शास्त्रको मान, मर्यादा उलर्घन गरेको हुँदा पत्रकार र अग्रज गुरुहरुको अगाडी मार्फी मागेका हुन् । क्षेत्रीले आँफुले गरेका भविष्यवाणीहरुका विषयमा बोल्न पाएको अवसरमा कुनै पनि विषय शास्त्र सम्वत प्रमाणित गर्न नसकेपछि आँफुबाट गल्ती भएको स्विकारे। ज्योतिष शास्त्रको प्रसंगलाई तर्क संगीत तवरले ब्याख्या गर्न नसकेपछि उनले आँफुले गरेका भविष्यवााणीहरु ध्यानको आधारमा भएको भन्दै विषयलाई वियान्तर गर्न समेत पछि परेनन् ।

सो अवसरमा बोल्दै प्राध्यापक डाक्टर लक्ष्मी बराल गुरुले क्षेत्रीले दिएको तर्कमा कुनै तार्किक ज्योतीषिय आधार र शास्त्रसंगत तर्क नभएको र शास्त्र विपरित भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्राध्यापक बरालले आगामी दिनमा यस्ता किसिमका भ्रामक शैलीमा चामत्कारिक तवरले भविष्यवाणी गरिएको भेटीएमा त्यसको अनुगमन गरी कानुन अनुसार कारवाही गरिने समेत चेतावनी दिनुभयो । त्यस्तै सो अवसरमा बोल्दै गण्डकी प्रदेशका नेपाल ज्योतिष परिषदका महासचिव कमल पौडलले क्षेत्रीले गरेका भविष्यवाणीहरु शास्त्रगत विपरित भएको बताउँदै आगामी दिनमा यस्ता किसिमका गतिबिधिहरु नर्गन सुझाव समेत दिनुभयो । पौडलले आम जनमानसमा ज्योतिष शास्त्रलाई आधार मानेर विश्वसनिय ज्योतीषिहरुसँगमात्र सल्लाह, सुझाव र सेवा लिएर मार्ग निर्देशन गर्न सुझाव दिनुभयो ।
बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू