अर्जुन जस्ता धेरै ज्योतिषले झुटको खेती गरिरहेका छन् (भिडियोसहित्)

मनिषा थापा

पिएनपिखबर : आफुलाई ज्योतिष तथा फेस रिडर बताउदै आएका अर्जुन छेत्रीको ठगी धन्दाको पर्दाफास भएको छ। वास्तविक नाम अर्जुन क्षेत्री नभई अर्जुन थापा रहेका उनले आफ्नो उमेर, पढाई र थर समेत ढाटेर आफ्नो ठगी धन्दा चलाएको खुलासा भएको हो ।

उनले करोडौं रकम ठगी गरेको समेत विश्लेषकहरुको आशंका गरेका छन् भने उनले ज्योतिषशास्त्र बारे कहीँ कतै कुनै अध्ययन समेत नगरेको खबर बाहिरिएको छ । यसै बीच अर्जुन क्षत्रीले एस.एल.सी लगत्तै रेडियोमा काम गरेको खुलासा भएको छ। रामेछापमा अवस्थित ‘हजुरको रेडियो’ नामक रेडियोमा अर्जुनले एक वर्षसम्म मार्केटिङ्गको काम गरेको त्यहाँको मेनेजर दिपक घिमिरेले बताए।

अर्जुनको छिट्टो र नसोची बोल्ने बानीले अफिसमा कार्यरत रहँदा पनि धेरै आलोचित हुने गरेको घिमिरेले जनाए। उनले भने, ‘ उनी महत्वकान्छी ज्यादा भएकोले कामभन्दा बढी पारिश्रमिक चाहन्थे। पछि राम्रो अवसर पाए भनेर स्वइच्छाले  जागिर छाडेको हुन्। त्यसपछि उनले स्कुलमा पढाए तर लामो समय टिक्न सकेनन्। त्यसपछि जर्मन जान्छु भनेर आमासँग पैसा लिएर उनी हराए। हराएको ९ महिना पछि उनी एकाएक सामाजिक संजालमा भाइरल हुन् थालेछन।’

उनले थपे, ‘अर्जुन ज्योतिष भएको खबर पाए। विश्वास भएन। उनी त वरिष्ट ज्योतिष नै भएछन्। हाम्रो रेडियोमा आउँदा नागरिकता समेत् बनेको थिएन। लामो अध्धयन गरेर आफ्नो उमेर कै अन्तर देखाएर अफवाह फैलाउनु राम्रो हैन।’

राजधानीमा ठाउँ-ठाउँमा ज्योतिषी केन्द्र खोलिएको छ त्यसको जाँच गरी राज्यले सहि व्यवस्थापन गरी अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको उनको भनाई छ । उनले अघि भने, ‘उनले अर्जुन क्षेत्री एक पात्र मात्र रहेको उनी जस्ता हजारौ ज्योतिषी बताउने धेरै छन्।’

हेर्नुहोस भिडियो : 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू