अर्धनारीश्वर भवानी माताको शक्ति प्रदर्शन, गरिन् दृष्टिबिहिन परिवारलाई आर्थिक सहयोग [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। बनेपामा बस्ने भवानी माता आफुमा अर्धनारीश्वर शक्ति भएको बताउछिन्। उनी यो माघ महिना भने अदृश्य ध्यानमा बसेको उनको भनाई छ। बनेपामा नै बस्ने दृष्टिबिहिन नारायण सिग्देलको अन्तर्वार्ता हेरेर माताले सहयोग गर्ने इच्क्षा देखाएकी थिइन्।

नारायण सिग्देल दृस्टीबिहिन भए पनि जिविको पार्जन कै लागि तौल नाप्ने मेसिन राखेर दैनिक २००, ३०० कमाउथे। तौल नाप्ने मेसिन बिग्रिए पछि उनी बेरोजगार जस्तो भएका थिए। अलपत्र अवस्थामा पुगेका उनी पिएनपि मिडिया खोज्दै आएका थिए। उनकै सहयोगको लागि भनेर हामीले भिडियो पनि बनाएका थियौ। सोहि भिडियो हेरेर मातालाई अति नै मन छोएको हुनाले उनले म सहयोग गर्न चाहन्छु भनेर कमेन्ट गरेकी थिइन्।

कमेन्ट पच्छाउदै हामी माताको घर पुगेका थियौ तर दुखको कुरा त्यो दिन श्री स्वस्थानी व्रत कथा आरम्भ गर्ने दिन रहेछ। श्री स्वस्थानी व्रत कथा आरम्भ गर्ने दिन देखि माताको मौन व्रत रहेछ। उनी अदृश्य शक्तिमा ध्यान गरिरहेको जानकारी पाए पछि उनको जेठो छोराले नारायण सिग्देलकि श्रीमतीलाई चामल, फलफुल सहित आर्थिक सहयोग गरेका थिए।

माताको व्रत समापन भए पछि पुन आउन आग्रह गर्दै बिदा भएका उनीहरु व्रत सकिए पछि मातालाई भेट्न पुगेका छन्। यो पटक भने श्री स्वस्थानी व्रत कथा समापन भइसकेको दिन थियो। प्रसाद सहित माताले नारायण सिग्देलको परिवारलाई रु. ५००० सहयोग गरिन्। आफुलाई दुख परेको बेला सम्झिन भन्दै उनले आशिर्बाद समेत दिइन्।

बाँकी हेर्नुहोस् भिडियोमा :

नारायण सिग्देलको परिवारसँग गरिएको कुराकानी :

यो पनि हेर्नुहोस् :

नारायण सिग्देलको संघर्षको कथा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू