अवकाश पाएका डा. गोविन्द केसीले भने, ‘देशका कुनाकाप्चामा गएर अनसन बस्छु’

मनिषा थापा

काठमाडौँ : चिकित्सा शिक्षा सुधारका लागि विभिन्न माग राखेर पटक-पटक अनशन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक गोविन्द केसीले अवकाश पाएका छन् । केसीले अवकाश हुँदै गर्दा पनि ६ बुँदे माग अघि सारेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. केसीले कात्तिक ८ गतेसम्ममा आफ्ना माग पूरा नभए १३ गतेदेखि आन्दोलनसहितको सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन् । आफूले समग्र स्वास्थ्य क्षेत्रको बारेमा बोलेको भन्दै उनले देशका कुनाकाप्चामा गएर पनि अनसन बस्ने उनले जनाए।

प्रतिक्रिया