अविरल वर्षाका कारण काभ्रेमा घर भत्कियो, ३० लाख बराबरको क्षति

शर्मिला गुरुङ

काभ्रे/धुलिखेल , २ साउन : हिजो राति परेको अविरल वर्षाका कारण काभ्रेको धुलिखेलमा घर भत्किएको छ । 

धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा पसल गरी बस्ने सविन धिताल (बच्चु)को घर बिहीबार विहान ४ बजे भत्किएको हो ।

घर भत्किए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। घर भत्किदा ३० लाख बराबरको क्षति भएको पत्रकार रवि धितालले घरधनीलाइ उद्धृत गर्दै जानकारी दिए ।

भत्किएकाे घरमा विहानै देखि नेपाल आर्मी, स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले उद्धार जारी राखेका छन् । सविनले उक्त घरमा मासु पसल र होटल संचालन गर्दै आएका थिए ।

प्रतिक्रिया