अविरल वर्षाका कारण पहिरो जाँदा काभ्रेमा दुईको मृत्यु

शर्मिला गुरुङ

काभ्रे, २७ असार : काभ्रे, २७ असार : लगातारको वर्षाको कारण पहिरो जाँदा काभ्रेमा २ जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा बनेपा नगरपालिका वडा नं ३ नालाका रामप्रसाद दङगालकि ५५ बर्षिया श्रीमती गोमा दङगाल र ७ बर्षिया नातिनि सोहनी दङगाल रहेको छ।

घर माथिबाट आएको पहिरोले पुरिदा थप ३ जना घाइते भएको घाइतेहरुको उद्धार संगै बनेपाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले बताएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया