अवैध रुपमा ल्याएको बुद्धचित्तको दानासहित ४ पक्राउ

मनिषा थापा

भक्तपुर : अवैध रुपमा ल्याएको बुद्धचित्तको दानासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ स्थित बा २ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा करिब १ सय केजी बुद्धचित्तको दाना फेला परेपछि ट्याक्सी चालकसहित ४ जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-७ बसुन्धरा बस्ने ४० वर्षीया शुक्र लामा, काठमाडौं बसुन्धारा बस्ने दोलखा भिमेश्वर नगरपालिका-१२ घर भएका २१ वर्षीय रोशन कार्की, काठमाडौं बसुन्धारा बस्ने रामेछाप सुनापती घर भएका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबास घर भएका २१ वर्षीय बिनोद माझी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको ट्याक्सी जाँच गर्ने क्रममा ७ वटा बोरामा हालेर ल्याएको अवस्थामा उक्त परिमाणको बुद्धचित्तको दाना फेला पारेको थियो ।

प्रतिक्रिया