अश्लील भिडियो समाजिक संजालमा सार्वजनिक भएपछि बाबाजी फरार

रिता घिसिंग

एजेन्सी : कलायतको बात्तास्थित करिव ३३० वर्ष पुरानो बाबा डेरा राजपुरीका १४ औं महन्तको आपत्तिजनक भिडियो सार्वजनिक भएपछि बेपत्ता भएका छन्। ५८ वर्षका बाबा सोमपुरीका सामाजिक संजालमा नौं वटा भिडियो सार्वजनिक भएका छन्। त्यसपछि गाउँले महापञ्चायत बोलाएर बाबा विरुद्ध प्रहरीमा उजुरी दिएका थिए। यद्यपी अहिलेसम्म प्रहरीले बाबालाई पक्राउ गरेको छैन। गाउँबासीले बाबाप्रति आक्रोश व्यक्त गर्दै उनले हजारौं डेरा भक्तको विश्वास तोडेको बताएका छन्।

महन्त सोमपुरीको कुरुक्षेत्रको एक होटलको कोठामा एक महिलासँग आपत्ति जनक अवस्थामा रहेको भिडियो सार्वजनिक भएको हो। उक्त भिडियो बाबा स्वयंले बनाएका थिए। भिडियो सार्वजनिक भएपछि बाबा भूमिगत भएका छन्। भिडियोमा बाबा र महिलासँगै बसेर मदिरा र चुरोट पिउँदै गरेको देखिएको छ। योसँगै दुवै जना आपत्तिजनक हर्कत गर्छन्।

नजिकै कुर्सीमा बसेका व्यक्ति उनीहरुलाई पोजिशन बताउँदै भिडियो शुट गरिरहेको छ। महिला र बाबाबीच पुरानो चिनजान भएको बताइएको छ। बाबा आश्रमबाट बेपत्ता भएपछि गाउँलेहरुले २१ सदस्यीय कमिटी बनाएर आश्रम सम्हालेका छन्। आश्रमसँग करिव ३५० एकड जमीन छ। प्रत्येक वर्षको मेलामा लाखौं रुपैयाँ दान आउँछ।

प्रतिक्रिया