अस्पतालको शैयाबाटै रातारात २४ वर्षीय छोरो बेपत्ता, दिनरात खोज्दा समेत् नभेटेपछि बाबु मिडियामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : छतबाट लडेर घाइते भएका श्रावण सुनुवार अस्पतालबाट बेपत्ता भएका छन्। कैलालीका २५ वर्षिया सुनवारको ठाउँकोमा गम्भीर चोट लागेको कारण काठमाडौँको वीर अस्पतालको ट्रमा सेन्टर उपचार गराईरहेका थिए। वैशाख दुई गते देखि उनी बेपता भएका हुन्। उनका बुबा आमा दिनरात गरेर राजधानीको कुनाकाप्चामा खोजिरहेका छन्।

उनी सुर्खेतमा मिस्त्रीको काम गर्थे। उनका बाबुले बेरोजगारको फारम भर्न बोलाएको कारण उनी आफ्नो घर कैलाली पुगेका थिए। उनी चैत्र २७ गते बेलुकी ५ बजे घर पुगे। उनी घर पुगेको भोलिपल्ट उनी आमालाई बजार जान्छु भनेर हिडेका थिए। त्यस रात ११ बजे शक्ति कर्णाली माध्यमिक विद्यालयको प्रागणमा टाउँको फुटेर लडिरहेको अवस्थामा थिए। जाड रक्सि पनि खाएको साथीहरुले जनाएको उनको बाबुले बताए। उनले भने, ‘श्रवणसंगै भतिज पनि गएका थिए। भतिजले नै खबर गरेपछि श्रीमती गईन हेर्न। सामान्य होला भनेर म गईन। पछि मराश्न्न अवस्था बारे जानकारी भएपछि म पनि बेहोस भए।’

घटना पछि उनलाई तत्काल टिकापुर लगियो। त्यहाँ उपचार सम्भब नभएपछि नेपालगंज अस्पताल पुराइयो। त्यसपछि कोहलपुर अस्पतालबाट सिटिस्क्यान गर्दा ८ दिनभित्र अप्रेशन गर्नुपर्ने नत्र ज्यान समेत् जाने जोखिम रहेको बताए पछिराजधानी ल्याइएको थियो। उनको उपचार वीरअस्पतालको ट्रमा सेन्टरमा उपचार भईरहेको थियो। उनलाई धेरै औषधि पनि चलाइएको थियो। उनी राति उठ्ने बस्ने गर्थे। उनी हराएको दिन बारे बताउँदै श्रवणको बाबुले भने, ‘वैशाख २ गते राति ११ बज्ने समयमा औषधि खान्दिएर छोरालाई सुताए। पछि छोरा जुरुक्क उठेर हिड्यो। उनी हिडेको ५ मिनेटपछि खोज्न जाँदा उनी कतै भेटिएनन्। अस्पतालमा सिसि क्यामरा भए पनि अस्पतालको प्रशासनले देखाउन मानेको छैन। उनी आजको दिनसम्म भेटिएको छैन।’

प्रहरी पनि श्रवणको खोजमा लागिरहेका छन्। दर्शक वृन्द ! यदि तपाईले कतै उहाँलाई देख्नु भएको खण्डमा उहाँको बुबाको फोननम्बर ९८००६०८६१२ मा सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो पिएनपिखबरको पेजमा पनि सम्पर्क गरी दिन हुन् पिएनपिमिडिया परिवार विनम्र अनुरोध गर्दछौ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू