अस्पताल आएका २ बिरामीको रहस्यमय मृत्यु, मृत्युको कारण परेवाको सुली

रिता घिसिंग

एजेन्सी : स्कटल्याण्डको ग्लासगो शहरमा एक बालक र एक वृद्धको अस्पतालमा रहस्यमय मृत्यु भयो । यी दुई जनाको मृत्युले अस्पताल व्यवस्थापनमाथि कैयौं प्रश्न उठे । लगत्तै स्कटल्याण्डको स्वास्थ्य विभागले यस विषयमा जाँचको लागि आदेश दियो । जाँचमा मृत्युको कारण पनि खुल्यो तर मृत्युको कारण जे देखियो त्यो थाहा पाउँदा मानिसहरु आश्चर्यचकित परे ।

स्कटल्याण्डको स्वास्थ्य मन्त्रालयका सचिव जी फ्रिम्यानले यो विषयमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै जानकारी दिएका छन् कि कसरी क्विन एलिजाबेथ हस्पिटलको लापरवाहीका कारण २ जनाको ज्यान गयो । जाँचमा पत्ता लागेअनुसार ती दुईको मृत्युको कारण परेवाको दिसा थियो । जाँच टोलीले क्विल एलिजाबेथ अस्पतालको निरीक्षण गर्ने क्रममा प्रतिक्षा गरेर बस्ने क्षेत्रमा राखिएको एक कुर्सी देखेपछि छक्क परेका थिए । त्यहाँ परेवाको दिसा र फोहर थियो । यही ठाउँनजिकै ती दुई बिरामीका कोठा थिए ।

अनुसन्धानमा पत्ता लागेअनुसार एक बिरामी यो ठाउँमा आएका थिए र अर्का बिरामीको कोठाको भेन्टिलेशनसम्म त्यहााको फोहर पुगेको थियो । त्यही परेवाको दिसाबाट पैलिएको संक्रमणले ती दुईको ज्यान गएको थियो । पोस्टमार्टम रिपोर्टमा यो प्रमाणित भएको छ । विशेषज्ञको टिमले बताएअनुसार कैयौं किसिमका संक्रमण अस्पतालको भेन्टिलेशन सिस्टमसम्म पुगेका थिए जसका कारण अन्य बिरामीको ज्यान पनि खतरामा थियो । अस्पताललाई यसअघि पनि लापरवाहीको आरोप लागिसकेको र प्रशासनविरुद्ध कारवाही थालिएको मन्त्रालयका सचिव फ्रिम्यानले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू