अहिलेको लोकतन्त्र लुटतन्त्रमा परिणत भएको छ : डा सुरेन्द्र भण्डारी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : डाक्टर सुरेन्द्र भण्डारीले अहिलेको लोकतन्त्र लुटतन्त्रमा परिणत भएको टिप्पणी गरेका छन्।

शनिबार आयोजित नागरिक आन्दोलनमा सहभागी रहेका उनले लुटतन्त्रलाई रोक्नको लागि विदेशमा रहेको नेपालीलाई मतदानको अधिकार दिनुपर्ने बताएका छन्। उनले जबसम्म मतदान गर्न दिईदैन तबसम्म लोकतन्त्र पुरा नहुने उनको भनाई छ।

उनले भने, ”शान्ति पुर्वक आन्दोलन गरेर वर्तमान सरकारले राजिनामा दिनुपर्छ। त्यसपछि नागरिक सरकार बन्नुपर्छ। नागरिक सरकारले आजसम्म भएको भ्रष्टचारको छानविन हुनुपर्छ।”

उनले देशमा अब नागरिक सरकारको आबश्यक रहेको बताएका छन्। नागरिक आन्दोलनको उद्देश्य एक राष्टियता बचाउने र अर्को भ्रष्टचारको अन्त्य गर्ने रहेको भण्डारीले जनाए।” बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू