आँचललाई अझै नजिकिन फकाउँदै पल शाह

शर्मिला गुरुङ

काठमाडौँ, २८ पुस : नेपाल आईडल सिजन १ बाट चम्किएका गायक प्रताप दासले आफ्नो नयाँ गीत लिएर आएका छन् । नेपाली सिने जगतका चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको “के नै छ र”बोलको गीतको म्युजिक भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका छन् ।

अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँको शब्द, कल्याण सिंहको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत डान्सिङ थिममा बनाईएको छ। प्रदिपले यसअघी नेपाल आईडल सिजन १ कै अर्का गायक निशान भट्टराई सँगको गीत ‘आफ्नै छायाँ सँग पनि..’ को पनि म्युजिक भिडियो लिएर आएका थिए।

हेर्नुहोस “के नै छ र” गीतको भिडियो :

प्रतिक्रिया