आज आमा खुवाउने औँसी, यस्तो कार्य गर्नाले मिल्नेछ लाभ !

मनिषा थापा

यस वर्षको आमा खुवाउने औँसी बैशाख २१ गते आज परेको छ । आमालाई विभिन्न प्रकारले पुज्ने चलन रहेको छ । धार्मिक मान्यताअनुसार त्रेता युगको सुरुवात बैशाख महिनाबाअट नै सुरु भएको कारण बैशाख महिनामा पर्ने औँसीको दिनलाई विशेष मान्ने परम्परा रहेको छ ।

यस दिनलाई पितृ दोष या कालसर्प भएकाले पनि विधिवत रुपमा पुवा अर्चना गर्न सके विशेष लाभ हुने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ । मातातिर्थ औसीको दिन पितृ मोक्ष प्राप्त गर्नको लागि सफा शुद्ध भई उपवास बसे पितृलाई खुसी पार्न सकिने र जीवनमा हरेक कामहरु सफल हुने बताइएको छ । त्यसकारण आज हामी तपाईहरुलाई आमा खुवाउने औसीको दिन गनैपर्ने केही कामको बारेमा जानकारी दिन गइरहेका छौँ ।

१.आमा खुवाउने औसीको दिन पवित्र नदि, जलासय वा कुण्डमा गइ स्नान गरेर शुद्ध पानीमा कालो तिल हालेर पितृलाई तर्पण गर्नाले विशेष लाभ हुनेछ ।

२. यस दिन गरिब दुखीलाई भोजन गराउने दान दक्षिणा दिने र व्रत बसेर पितृलाई पानी अर्पण गर्दा पृतिको आत्माले शान्ति पाउनेछ ।

३.यो वर्षको औँसी शनिबार परेकाले यो दिन पिपलको बोटमा जल चढाउँदा नसोचेको लाभ लिन सकिन्छ ।

.आमा खुवाउने औसीको दिन पितृद्धारा कृपा पाउनको लागि सूर्यास्त पश्चात सस्र्यूको तेलको बत्ति बाल्नुपर्छ ।

५.यो दिन पितृलाई घरमा वा कुनै कुण्डमा गएर पिण्डदान गर्दा राम्रो हुनेछ ।

प्रतिक्रिया