आकाशियो सुनको भाउ

मनिषा थापा

काठमाडौं : साताको पाँचौं दिन बिहीबार बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजार पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७३० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।

प्रतिक्रिया