आखिर ! किन अन्तर्वार्तामै धुरुधुरु रोए यी कलाकार ? (भिडियो सहित्)

मनिषा थापा

पिएनपिखबर : सागर खड्का रामेछापमा जन्मिएका हुन्। उनको घरको अबस्था निकै नाजुक थियो। उनका बुबाले अर्को श्रीमती ल्याएपछि घरको माहोल तनावग्रस्त बन्यो। त्यही तोडमा उनी राजधानी आए। जब उनी राजधानीमा पाइला टेके तब उनको संघर्षरत यात्रा शुरु भयो।

शुरुवातका दिनहरुमा उनले होटेलमा भाँडा माझ्न थाले। त्यसमा उनलाई चित्त बुझेन र पछि चक्रपथ चौकीमा खाना पकाउने काम गर्न थाले। उनको मेहेनत र लगाशीलता देखेर त्यहाँका अफिसरले उनलाई सप्तरीमा घरको कामको साथसाथै पढाउने अबसर दिए। त्यसपछि उनी अफिसरको सप्तरमा रहेको घरमा बसेर १० कक्षासम्मको अध्धयन गरे।

कालाकारितामा सानै देखि लगाब भएका उनको भविष्यमा ठुलो कलाकार बन्ने सपना छ। उनी टेली सिरियल ‘मेरी बास्सै’बाट निकै प्रभावित थिए। त्यसमा पनि उनलाई खड्का जीको भूमिका निकै मनपर्ने बताए र उनको अभिनयको अभ्यास गर्न थाले। उनले आफ्नो अभिनय साथीभाईलाई पनि सुनाए। साथीहरुले कलाकार बन्ने क्षमता छ भनेर उनलाई हौसाए। उनी कलाकार बन्न सप्तरीबाट पुन काठमाडौँ होम्मिए।

‘शुरुवातमा आफ्नो क्षमता देखाउँदा पनि आफुलाई कसैले वास्ता गरेनन्। म धेरै भौतारिए।’, उनले विगतका पल सम्झिदै भने। उनले शुरुमा हाँस्य टेली सिरियल जिरेखुर्सानीमा पुलिसको अभिनय गर्ने मौका पाए। तर दिनभरी बसेर एक डाइलगमात्रै बोल्दा उनलाई उचित लागेन र पछि तामाङको भूमिका निर्वाह गर्ने अबसर पाए जुन युटुबहरुमा मात्र सिमित थियो जसबाट निकै माया पाए। उनी राजनीतिक दलका नेता देखि जिरे खुर्सानी, मेरी बास्सै लगायतका कालाकारहरुको उनी अभिनय गर्न सक्छन।

निरन्तर ४ वर्ष देखि कालाकारितामा लागेता पनि उनले पारिश्रमिक कमै पाएका छन्। उनी अहिलेसम्म कसैको साथ् सहयोग छैन आगामी दिनमा राम्रो भूमिकाको अबसर मिल्छ कि भन्ने आश छ। उनी भन्छन, ‘मभित्र लुकेको प्रतिभा छ तर उजागर गर्ने ठाउँ पाएको छैन।’ आज हजुरहरुको सामु आफ्नो प्रतिभा देखाउन पाए भन्दै कुराकानीको क्रममा धुरधुरु रोए कलाकार सागर खड्का ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू