आगामी शनिबार सम्पदा साइकल ¥याली हुने

admin

काठमाडौँ, ५ वैशाख : काठमाडौँ उपत्यका भित्रका विश्वसम्पदा सूचीमा सूचीकृत सातवटा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विकस्थललाई साइकल लेनबाट जोड्न अनुरोध गर्ने ध्येयले यही ७ गते शनिबार साइकल ¥याली आयोजना गरिने भएको छ ।

टुर डे लुम्बिनी संस्थाद्वारा आयोजना हुने सो ¥याली शनिबार बिहान ६ बजे वसन्तपुर दरबार क्षेत्रबाट शुरु भई स्वयम्भू स्तूपा, पशुपतिनाथ, बौद्धनाथ स्तूपा, चाँगुनारायण, भक्तपुर दरबार क्षेत्र हुँदै पाटन दरबार क्षेत्रमा पुगि समापन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजक संस्थाका महासचिव राजेन्द्र थापामगरले ऐतिहासिकस्थललाई विश्वसामु थप पहिचान गराउन नेपाल भ्रमण वर्षलाई सफल बनाउन साइकल ¥यालीले सहयोग पुग्ने पत्रकार सम्मेलनमा बताउनुभयो । सो संस्थाले हरेक वर्ष भगवान् गौतमबुद्धको जन्मजयन्तीका अवसरमा काठमाडौँदेखि लुम्बिनीसम्म साइकल यात्रा गर्दै आएको छ । उहाँले भन्नुभयो, “सम्पदास्थललाई साइकल लेनबाट जोड्न जरुरी छ, यसले आन्तरिक तथा बाह्य प्रर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने छ ।”
–रासस

प्रतिक्रिया