आजको मौसम : बदली र वर्षाको सम्भावना कता ?

admin

काठमाडौँ, बैशाख ५ :  देशका पहाडी भू–भागको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पश्चिमको पहाडी क्षेत्रका केही ठाउँमा र मध्य तथा पूर्वी पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराईका क्षेत्रमा बेलुका तिर हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

प्रतिक्रिया