आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौँ, २९ वैशाख : आज साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो हप्ताको शुक्रबार तोलामा ३ सय रुपैयाले बढेर प्रति तोला ६० हजार रुपैयामा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत हप्ताको शुक्रबार प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यामा कारोबार भइरहेकोछ।

प्रतिक्रिया