आज कतिमा कारोबार हुँदैछ सुनको गरगहनाहरु ?

मनिषा थापा

भक्तपुर : साताको पहिलो दिन आज आइतबार सुनको भाउ यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने शुक्रबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो।

 

त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मुल्यसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया