आज चाँदीको भाउ नेपालको इतिहासमै सबैभन्दा उच्च, सुनको भाउ कति ?

मनिषा थापा

काठमाडौँ, ११ भदौ : आज साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

हिजो मंगलबार प्रतितोला ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ७२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।

त्यसै गरि आज चाँदीको भाउ भने उकालो लागेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँ बढेर ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदीको भाउ नेपालको इतिहासमै सबैभन्दा उच्च हो ।

प्रतिक्रिया