आज झन् घट्यो सुनको मूल्य

रिता घिसिंग

काठमाडौं, १३ चैत्र  : आज सातो चौथो दिन अर्तात बुधबार सुनको मूल्य ओरालो लागेको छ। आज प्रतितोला सुन १ सय रुपैयाँले घटेको हो।

हिजो प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार छापावाल सुन आज ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। हिजो प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार तेजावी सुन आज ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य भने यथावत रहेको छ। हिजो प्रतितोला ७४० रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मुल्यमा कारोबार भईरहेको छ।

प्रतिक्रिया