आज पनि बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ हेर्नुहोस

शर्मिला गुरुङ

काठमाडौँ, ३ फागुन  : आज शुक्रबार पनि नेपाली बजारमा सुनको मुल्या बढेको छ। हिजो विहिबार प्रतितोला ६१ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज चार सय रुपियाँले बढेर ६२ हजार एक सय रुपियाँमा कारोबार भएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य ६१ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य सात सय ७५ रुपियाँमा कारोबार भएको छ ।

प्रतिक्रिया