आज पनि सुनचाँदीको मूल्य स्थिर

शर्मिला गुरुङ

काठमाडौँ, १६ पुस : आज साताको दोश्रो दिन अर्थात् सोमबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ।

हिजो आइतबार बजारमा छापावाल सुन र तेजाबी सुन क्रमश : ५९ हजार ७ सय रुपैयाँ र ५९ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि मूल्यमा कुनै फेरबदल नआई सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ। हिजो प्रतितोला ७ सय ४५ रुपैयाँमा बारोबार भएको चाँदी आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया