आज पुन: उकालो लाग्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ७ असोज : साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा हिजो स्थिर रहेको सुनको भाउ आज उकालो लागेको छ ।

हिजो प्रतितोला ७१ हजार ३ मा स्थिर रहेको छापावाल सुन आज ७१ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको भाउ पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया