आज मकर सङ्क्रान्ति : गर्नुहोस यी शुभ काम, बढ्नेछ सुख-समृद्धि

मनिषा थापा

पिएनपिखबर : आज मकर सङ्क्रान्ति हो। सुर्य धनुबाट मकर राशिमा प्रवेश गर्छ तब यो चाड मनाइन्छ। १४ जनावरी रातको मध्यान्हमा सुर्य राशि बदलिन्छ र १५ जनावरीमा मकर संक्रान्ति मनाइन्छ। मकर संक्रान्तिमा अमृत सिद्धि, सर्वार्थ सिद्धि र रवि योग पनि रहन्छ। यी तीन ओटै योग शुभ मानिन्छ। यी योगमा पूजा-पाठ गर्नाले शुभ फल मिल्ने योग बन्दछ।


मकर संक्रांतिबाट सूर्य दक्षिणायन त्यसपछि उत्तरायण हुनेछ। सूर्य मकर राशिमा आउनाले मलमास समाप्त हुनेछ । जसमा मांगलिक कार्य फेरी शुरु हुने गर्छ। सूर्य जब मकर, कुंभ, मीन, मेष, वृष र मिथुन राशिमा रहन्छ तब यो ग्रह उत्तरायण हुने गर्छ। जब सूर्य शेष राशि कर्कट, सिंह, कन्या, तुला, वृश्चिक र धनु राशिमा रहन्छ तबदक्षिणायन हुने गर्छ।


सुख-समृद्धिको लागि मकर संक्रांतिमा गर्नुहोस यी काम…

  •  मकर संक्रांतिको दिन विहानै छिटो उठ्नुहोस र स्नान गर्ने समय सबै पवित्र तिर्थ र नदिहरुको नाम जप गर्नुहोस्। यस कार्यले घरमा तीर्थ स्नानको पुण्य मिल्न सक्छ।
  • स्नान पछि तामाको भाडोमा रातो फुल र चामल हालेर सुर्यलाई जल चढाउनुहोस् । सूर्य मंत्र ऊँ सूर्याय नम: को जप १०८ पटक गर्नुहोस।
  • तुलसीको जल चढाएर परिक्रमा गर्नुहोस।
  • कुनै मन्दिरमा शखर र कालो तिल दान गर्नुहोस। भगवानलाई शखर-तीलको लड्डुको भोग लगाउनुहोस् र भक्तहरुलाई प्रसाद वितरण गर्नुहोस।
  •  कुनै शिवको मन्दिरमा जानुहोस र शिवलिंगमाथि कालो तील चढाएर अर्पित गर्नुहोस। ऊँ सांब सदा शिवाय नम: मंत्रको दिनमा जप गर्नुहोस।

 

प्रतिक्रिया