आज वि.सं. २०७५ चैत्र २१ गते बिहीबारको राशिफल हेर्नुहोस

शर्मिला गुरुङ

वि.सं. २०७५ चैत्र २१ गते बिहीबार तदनुसार ई. सं. २०१९ अप्रिल ०४ तारिख, दर्श श्राद्ध, निशि बार्ने, भद्रकाली पीठमा लिंगो उठाउने दिन, चैत्र कृष्ण चतुर्दशी, उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, ब्रह्म योग, शकुनि र चतुष्पाद करण, आजको चाडपर्व र उत्सव : दर्श श्राद्ध, निशि बार्ने, भद्रकाली पीठमा लिंगो उठाउने दिन, आजको मूहुर्त : अग्निवास(होमादि), दैलो राख्ने, भोलिको चाडपर्व र उत्सव : स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, घोडे जात्रा,भोलिको मूहुर्त : दैलो राख्ने,

आजका लागि अशुभ समय :
राहु काल : दिउँसो ०१:४१ देखि ०३:१५ सम्म, यमघण्ट : बिहान ०५:५४ देखि ०७:२७ सम्म, गुलिक काल : बिहान ०९:०१ देखि १०:३४ सम्म, काल वारवेला : दिउँसो ०३:१५ देखि ०४:४८ सम्म, रोग वारवेला : बिहान ०७:२७ देखि ०९:०१ सम्म,

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
शुभ वारवेला : साँझ ०४:४८ देखि ०७:४८ सम्म, लाभ वारवेला : दिउँसो १२:०८ देखि ०१:४१ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
व्ययस्थानमा चन्द्रमा रहे पनि शुभ ग्रहको प्रभावले सरकारी, प्रशासनिक वा अड्डाअदालतमा विचाराधीन रहेका विषयबाट लाभ लिन सकिने छ । प्रेम सम्बन्धमा आएको तिक्तता हटाउने प्रयास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । लामो दूरीको वा दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । छिटो समाप्त हुने कुनै काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्य र संयम भई अघि बढ्दा सफल हुने दिन छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । पारमार्थिक वा सामाजिक काममा धनव्यय हुने सम्भावना पनि छ । बन्दव्यापारमा सामान्य छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : कुल÷पितृदेवता अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : खर्र्चमा नियन्त्रण के नगर्ने : विलम्ब र ढिलासुस्ती

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

सन्ततिका समस्या निराकरण गर्न समय र धन खर्च हुने सम्भावना छ । सानोतिनो आर्थिक समस्याले पिरोल्ने छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । व्यापारव्यवसायमा लाभ मिल्नेछ । दाम्पत्यसम्बन्धका लागि समय निकाल्न सकिंदैन । बौद्धिक क्षमता बढ्नेछ । मातापितासँग सम्बन्ध चिसिन सक्छ । पछाडि कुरा काट्ने शत्रुहरूको चलखेल बढ्नाले चिन्ता बढ्न सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी÷प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ ।

शुभरङ्ग : नीलो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : शिवजी अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी के नगर्ने : अनुशासन भङ्ग

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

शुभरङ्ग : कालो शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : कुल÷पितृदेवता अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास के नगर्ने : अल्छीपन र अकर्मण्यता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । त्यसैले सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन् । धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाटको सम्भावना छ । दाजुभाइ र दिदीबहिनीले कामधन्दामा चाहेजस्तो सहयोग गर्ने छैनन्, यद्यपि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । कर्म गरेअनुरूप भाग्य निर्माण हुने दिन छ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : धर्मराज अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम के नगर्ने : अपमान

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
आज झिनामसिना समस्याको सामना गर्दै निरन्तरको लगनशीलता र संघर्षपछि सफलता प्राप्त हुने दिन हो । चन्द्रमा अनिष्ट भए पनि राशिमा परेको राम्रा ग्रहको प्रभावले स्वास्थ्यमा सुधार आउने छ। सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोणले दूरगामी सकारात्मक परिणाम प्रदान गर्नेछ । दानपुण्यप्रति आकर्षित बन्नुहोला । झैझगडा र मुद्दामामिलाबाट फाइदा नै हुनेछ । आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ ।

शुभरङ्ग : नीलो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : भगवान् महादेव अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ। समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारजन र आफन्तजनसँग आत्मीय सम्बन्ध कायम हुनेछ, तपाईंका विचार र भावनामा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साझेदारीमा गरिएको व्यवसायबाट लाभ लिन सकिने छ ।

शुभरङ्ग : हलुका रातो शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : राधाकृष्ण अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने के नगर्ने : कामुकता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : विष्णु भगवान् अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने के नगर्ने : मुद्दामामिला र झैझगडा

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।

शुभरङ्ग : आकासे शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने के नगर्ने : अहङ्कार

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुनसक्छन् । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । निर्णायक क्षमतामा कमी आउने छ, त्यसैले कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।

शुभरङ्ग : कलेजी शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : अष्टमातृका अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने के नगर्ने : लोभ र मोह

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । परोपकारी काममा दिलचस्पी बढ्न सक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।

शुभरङ्ग : हरियो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : गणेश अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने के नगर्ने : दुःखीको अपमान

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
नचिताएको ठाउँबाट धनलाभको सङ्केत छ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ ।

शुभरङ्ग : सेतो शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने के नगर्ने : फजुल खर्च

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ ।

शुभरङ्ग : गुलाबी शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : हनुमान् अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : नैराश्यभाव त्याग गर्ने के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

प्रतिक्रिया