आज वि.सं. २०७५ पौष ०३ गते मंगलबारको राशिफल हेर्नुहोस

शर्मिला गुरुङ

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल पुष ३ गते मंगलबार नेपाल सम्बत ११३९ थिंल्लाथ्व,सन् २०१८ डिसेम्बर १८ तारिक शुक्लपक्ष एकादशी तिथि राती ४वजेर १२ मिनेटसम्म,अश्विनी नक्षत्र राती २ वजेर ६मिनेटसम्म,परिघयोग,वणिजकरण,आनन्दादियोग अमृत,सूर्य धनु राशीमा,चन्द्रमा मेष राशीमा । एकादशी व्रत । वारवेला,मुहूर्त र राशी ॐःराहुकालः–अशुभ अपरान्ह २÷३६ वजेबाट ३÷५३ वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ९÷२५ वजेबाट १०÷४३ वजेसम्म रहनेछ । गुली कालः–सामान्य मध्यान्ह १२ वजेबाट अपरान्ह १÷१८ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८÷५४ वजेबाट ९÷३५ वजेसम्म र राती १०÷३८ वजेबाट ११÷२० वजेसम्म रहनेछ ।

शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४० वजेबाट मध्यान्ह १२÷२१ वजेसम्म रहनेछ । ॐःसूर्योदयबाट प्रातः ८÷७ वजेसम्म रोग वेला,८÷७ वजेबाट ९÷२४ वजेसम्म उद्वेग वेला,९÷२४ वजेबाट १०÷४२ वजेसम्म चर वेला,१०÷४२ वजेबाट ११÷५९ वजेसम्म लाभ वेला,११÷५९ वजेबाट १÷१७ वजेसम्म अमृत वेला,१÷१७ वजेबाट २÷३४ वजेसम्म काल वेला,२÷३४ वजेबाट ३÷५२ वजेसम्म शुभ वेला र ३÷५२ वजेबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।ॐःसूर्यास्तबाट ६÷५३ वजेसम्म काल वेला,६÷५३ वजेबाट ८÷३५ वजेसम्म लाभ वेला,८÷३५ वजेबाट १०÷१८ वजेसम्म उद्वेग वेला,१०÷१८ वजेबाट १२ वजेसम्म शुभ वेला,१२ वजेबाट १÷४३ वजेसम्म अमृत वेला,१÷४३ वजेबाट ३÷२५ वजेसम्म चर वेला,३÷२५ वजेबाट ५÷८ वजेसम्म रोग र ५÷८ वजेबाट सूर्योदयसम्म काल वेला रहनेछ ।

मेषः– आत्मबल,आत्मविश्वस बढ्नेछ । समस्या समाधान भएर जानेछन् । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् । काम गर्ने जोश जागर बढ्नेछ ।

वृषः– दैनिक काममा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । मन चञ्चल हुनेछ । काम गरेर जश पाईने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । पिताको स्वास्थ्यमा समस्या आउने सक्छ ।

मिथुनः–आकस्मिक आम्दानीको योग देखिन्छ । पढाईमा प्रगति हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्ला । आफन्तजनबाट सामान्य सहयोग पाईनेछ ।

कर्कटः– शत्रुहरु पराजीत हुनेछन् । काम गर्ने प्रेरणा मिल्नेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । पारिवारिक सुख शान्ति मिल्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । सवैलाई आफ्नो ठान्नु गलत हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

सिंहः– आत्म विश्वास बढ्नेछ । राज्यसँग सरोकार रहेका काम झन्झटिला हुनसक्छ । आफ्नो इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा काम गर्दा चनाखो रहनु होला । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहने देखिन्छ ।

कन्याः– दिन प्रतिकुल देखिन्छ । बन्न लागेका काम विग्रिन सक्छन्,समयमा होशियार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिक तनाव बढ्नेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर हुनेछ ।

तुलाः– समयले साथ दिनेछ सदुपयोग गर्नु होला । नयाँ कामको अवसर आउन सक्छ । प्रेमिकाबाट सहयोग पाईनेछ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । विदेश यात्राको योग देखिन्छ ।

वृश्चिकः– सामान्य खटाईले काम बन्ने छैनन । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला । मेहनतपूर्व गरेका काम सफल हुनेछन् । काम गर्दा अरुको मुख नताक्नु होला । आफन्तबाट धोका हुनसक्छ ।

धनुः– समयमा विचार पु¥याउन नसक्दा अवसर गुम्नेछ । वैराग्यता बढ्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । अर्थ अभावको महशुस हुनेछ । हृदयबाट नै सहयोग गर्ने कोहि हुने छैन,अल्पमतमा पर्नु हुनेछ ।

मकरः– आलस्यता र परिवारिक चिन्ता बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । काम गरेर जश पाईने छैन् । खर्चमा वृद्धि हुन सक्छ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ । सझेदारले धोका दिन सक्छ ।

कुम्भः– दिन अनुकुल नै देखिन्छ । सफलता असफलत आफ्नै हातमा छ समयको सदुपयोग गर्नु होला । व्यापार व्यवसायमा सुधार आउनेछ । काम अनुसारको दाम हात पर्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

मिनः–दिन मध्यम देखिन्छ । आर्थिक कारोवारमा हेलचक्र्याई नगर्नु होला । भएको संरचनालाई नविग्रिने गरी काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । अरुको भर धेरै नपर्नु होला धोका दिन सक्छन् ।

प्रतिक्रिया