आज वि.सं. २०७५ पौष ०८ गते आइतबारको राशिफल हेर्नुहोस

admin

आज वि.सं. २०७५ पौष ०८ गते आइतबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २३ तारिख, चाडपर्व र उत्सव : कोशी कोका संगममा सुनसरी बराहक्षेत्रमा मेला, त्रिपुष्कर योग राती ११ बजेर २४ मिनेटपछि, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पौष कृष्णपक्षको प्रतिपदा तिथि, बेलुका १०:१४ बजेसम्म, त्यसपछि द्वितीया तिथि, आर्द्रा नक्षत्र, मध्यरात्रीपूर्व ११:१९ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, भोलिको चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, दिउँसो ११:३४ बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा बालब करण दिउँसो ११:१४ बजेसम्म, त्यसपछि कौलव करण बेलुका १०:१४ बजेसम्म, अन्तिममा तैतिल करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल : राहु काल : साँझ ०३:५५ देखि ०५:१२ सम्म, यमघण्ट : दिउँसो १२:०३ देखि ०१:२० सम्म, गुलिक काल : दिउँसो ०२:३८ देखि ०३:५५ सम्म

आजको वारवेला : उद्वेग वारवेला : बिहान ०६:५२ देखि ०८:१० सम्म, साँझ ०३:५५ देखि ०६:५५ सम्म र मध्यरात्रीपछि ०५:०९ देखि ०६:५२ सम्म, शुभ वारवेला : दिउँसो ०१:२० देखि ०२:३८ सम्म र बेलुका ०६:५५ देखि ०८:३८ सम्म, अमृत वारवेला : दिउँसो १०:४५ देखि १२:०३ सम्म र बेलुका ०८:३८ देखि १०:२० सम्म, चर वारवेला : बिहान ०८:१० देखि ०९:२७ सम्म र बेलुका १०:२० देखि १२:०३ सम्म, रोग वारवेला : दिउँसो ०२:३८ देखि ०३:५५ सम्म र मध्यरात्रीपछि १२:०३ देखि ०१:४५ सम्म, काल वारवेला : दिउँसो १२:०३ देखि ०१:२० सम्म र मध्यरात्रीपछि ०१:४५ देखि ०३:२७ सम्म, लाभ वारवेला : बिहान ०९:२७ देखि १०:४५ सम्म र मध्यरात्रीपछि ०३:२७ देखि ०५:०९ सम्म

भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पान वा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिश्रित प्रभाव भएको दिन भएकाले आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कताकता आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईष्र्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार/व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । गोपनीयता भङ्ग हुने खतरा छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

प्रतिक्रिया