आज वि.सं. २०७६ असोज १७ गते शुक्रबारको राशिफल हेर्नुहोस्

admin

वि.सं. २०७६ असोज १७। शुक्रबार। इ.स. २०१९ अक्टोबर ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। षष्ठी, १४:२५ उप्रान्त सप्तमी। नक्षत्र– ज्येष्ठा, १७:५१ बजेउप्रान्त मूल। योग– आयुष्मान्, ७:२१ बजेदेखि सौभाग्य, २९:५३ बजेउप्रान्त शोभन। करण– तैतिल, १४:२५ बजेदेखि गर, २६:१३ बजेउप्रान्त वणिज। आनन्दादिमा चर योग। चन्द्रराशि– वृश्चिक, १७:५१ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ५:५८ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान १९ घडी ९ पला। शारदीय नवरात्र। विल्व निमन्त्रणा गर्ने दिवस।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। केही खर्चिलो तथा विवादास्पद काममा अलमलिनुपर्ला। साँझतिर स्वास्थ्यमा कमजोरी देखापर्नेछ भने नियमित काममा समेत बाधा पुग्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रुहरू पनि किनारा लाग्नेछन्। साँझको समय रमाइलो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सुखद समाचारले उत्साह जगाउनेछ। शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ। आफ्नो प्रतिभाको कदर हुनेछ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। दिन रमाइलो रहनेछ। तर, मनोरञ्जनले अलमल्याउन सक्छ। साँझतिर व्यावसायिक काममा केही बाधा हुनेछ। प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। साँझतिर घरेलु समस्या देखापर्न सक्छ। साथीभाइसँग बिनाकारण असमझदारी बढ्ने सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। साँझतिर प्रतिस्पर्धा बढ्नेछ। तापनि, पहिलेका कमजोरी सुधार्न सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्ला। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सावधान रहनुहोला। साँझतिर स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुने देखिन्छ। टाढिएका साथीभाइ नजिकिनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आँटले काम बन्नेछ भने श्रमको उचित मूल्यांकन हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनाले आम्दानी बढ्नेछ। साँझतिर खर्च बढ्नाले अर्थ अभाव देखापर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ। साँझतिर विवादास्पद काम गर्नुपर्ला।

प्रतिक्रिया