आज वि.सं. २०७६ भाद्र १९ गते बिहीबारको राशिफल हेर्नुहोस

शर्मिला गुरुङ

वि.सं. २०७६ भाद्र १९ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : मुक्ताभरण सप्तमी, सन्तान सप्तमी, भक्तपुरमा मंगलकुण्ड मेला, अगस्त्योदय बिहान १० बजेर १८ मिनेटमा, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) सप्तमी तिथि, मध्यरात्रीपछि ०२:१० बजेसम्म, त्यसपछि अष्टमी तिथि, विशाखा नक्षत्र, बिहान १०:२६ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, मध्यरात्रीपछि ०१:२३ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा गर करण दिउँसो ०२:४६ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०२:१० बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : वायव्य, वारशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४३ बजे, सूर्यास्त : साँझ ०६:२० बजे, दिनमान : ३१ घडी ३१ पला (१२ घण्टा ३७ मिनेट, रात्रीमान : २८ घडी २९ पला (११ घण्टा २३ मिनेट)

आजका लागि अशुभ समय :–

राहु काल : दिउँसो ०१:३६ देखि ०३:११ सम्म, यमघण्ट : बिहान ०५:४३ देखि ०७:१८ सम्म, गुलिक काल : बिहान ०८:५२ देखि १०:२७ सम्म, काल वारवेला : दिउँसो ०३:११ देखि ०४:४५ सम्म, रोग वारवेला : बिहान ०७:१८ देखि ०८:५२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

लाभ वारवेला : दिउँसो १२:०२ देखि ०१:३६ सम्म,  शुभ वारवेला : साँझ ०४:४५ देखि ०७:४५ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :

अष्टमी व्रत, गोरखकाली पूजा, महालक्ष्मी व्रतको प्रारम्भ, राधा जयन्ती (कृष्णप्रिया राधाको जन्मदिवस), कायाष्टमी, कागेश्वर मेला, थकालीहरूको फालो पर्व, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आठौं घरमा चन्द्रमा रहेको छ, हातहतियार र मिलमेसिनरीको प्रयोग गर्दा सावधानी अपनाउनु राम्रो हो । आज मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । सामान्यतया आजको दिन खासै खराब देखिंदैन, विदेशबाट राम्रा र प्रसन्नताका समाचार प्राप्त हुनेछन् । सानातिना घरायसी समस्याहरू र पुराना कुराले मन बिथोलिन सक्छ । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : भगवान् महादेव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण

के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो, आजको दिन । पराक्रम भावको मालिक चन्द्रमा सातौं भावमा आइपुगेको छ । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि आज गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : राधाकृष्ण

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने

के नगर्ने : कामुकता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आजदेखि अभिव्यक्ति कौशल प्रदान गर्ने चन्द्रमाले छैटौं भावमा प्रवेश गरेको छ, हुन त बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित हुनेछ, यद्यपि दिन ढल्दै जाँदा समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कानून, प्रशासन र न्यायिक क्षेत्रमा कार्यरत व्यक्तिका लागि फाइदा हुने समय छ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । सामाजिक र परोपकारका मार्गमा तल्लीन भइने छ । पारमार्थिक काममा खर्चको मात्रा बढ्न सक्छ । बन्दव्यापारमा ठिकै छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : विष्णु भगवान्

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने

के नगर्ने : मुद्दामामिला र झैझगडा

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नसक्छ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो र अन्य सबैले पनि ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । मनमिल्ने दौंतरीसँग उठबस हुने दिन हो, प्रेमिल भावना उदय हुनेछ ।

शुभरङ्ग : आकासे

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने

के नगर्ने : अहङ्कार

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । बाह्रौं भावको मालिक चन्द्रमाको सुखभावमा प्रवेश भएकाले केही बाध्यात्मक घरायसी काममा सञ्चित धन लगानी गर्ने परिस्थिति बन्नसक्छ । गरेका हरेक काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नु पर्नेछ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन्।

शुभरङ्ग : कलेजी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : अष्टमातृका

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने

के नगर्ने : लोभ र मोह

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । सँगीसाथीको सहयोगमा कुनै सरकारी वा सामाजिक काम सम्पन्न गर्ने दिन हो ।

शुभरङ्ग : हरियो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने

के नगर्ने : दुःखीको अपमान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । कर्मेश चन्द्रमाको धनभावमा उपस्थिति भएकाले नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारको सम्मान हुनेछ । हाकिम रिझाउन सकिन्छ । भौतिक सम्पत्तिको व्यवस्थापन गर्न अनुकूल समय छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ ।

शुभरङ्ग : सेतो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने

के नगर्ने : फजुल खर्च

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज एकाबिहानै तपाईंको आफ्नै राशिमा भाग्येश चन्द्रमाको प्रवेश भएको छ । अब खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, भाग्यबल बढ्ने समय छ । अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । पारिवारिक उत्थानका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ।

शुभरङ्ग : गुलाबी

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दिउँसोका तुलनामा बिहानको समय अलिबढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि अष्टमेश चन्द्रमाको बाह्रौं घरमा प्रवेश हुनलागेको समय छ । आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्यमा मन आकर्षित हुनेछ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा मन भारी हुनसक्छ, रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । सार्थक यात्राको योग छ । वैदेशिक प्रयोजनका कामबाट फाइदा बटुल्ने दिन हो ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : फजुल खर्चमा नियन्त्रण

के नगर्ने : विलम्ब र ढिलासुस्ती

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने समय छ । सप्तमेश लाभ भावमा आएकाले आफ्नै, जीवनसाथीको वा मन मिल्ने विपरीतलिङ्गी साथीको उन्नति हुनाले मनमा उमङ्ग सिर्जना हुनेछ । आज रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण पनि खुसीको वातावरण बन्नसक्छ । तपाईंका कामधन्धामा सहयोगीको साथ पाइने छ । सँगीसाथीको समुचित सल्लाह र सद्भावना प्राप्त हुनेछ । सामाजिक र परोपकारी काममा सहभागी बन्नु पर्नेछ । विशिष्ट व्यक्ति वा अभिभावकको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । छात्रछात्राका लागि ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी

के नगर्ने : अनुशासन भङ्ग

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश भएको शुभ समय प्रारम्भ भएको छ । आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ, तर पनि आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् ।

शुभरङ्ग : कालो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास

के नगर्ने : अल्छीपन र अकर्मण्यता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

भाग्यस्थानमा पञ्चमेशको प्रवेश भएकाले विष्णुलक्ष्मी योगको सिर्जना भएको राम्रो दिन छ । धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुनेछ । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पुराना समस्याहरू हल हुनेछन्, पहिले गरेका शुभकर्मको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो प्रयोजनको धन लगानी गर्न वा कुनै दीर्घ प्रयोजनको भौतिक सामाग्री खरिद गर्न  आजको दिन अनुकूल छ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम

के नगर्ने : अपमान

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

पुर्बेली न्युज 

 

प्रतिक्रिया