आज वि.सं. २०७६ साल वैशाख ५ गते बिहीबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७६ साल वैशाख ५ गते। बिहीबार। इश्वी सन् २०१९ अप्रिल १८ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– चतुर्दशी, १८:५५ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– हस्त, २१:११ बजेउप्रान्त चित्रा। योग– व्याघात, १४:३८ बजेउप्रान्त हर्षण। करण– गर, ७:५६ बजेदेखि वणिज, १८:५५ बजेउप्रान्त भद्रा। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ५:३९ बजे, सूर्यास्त– १८:२९ बजे र दिनमान ३२ घडी ०६ पला। भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मनमा किसिमकिसिमका भावना पलाउने छन् । मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । घरायसी खर्चमा बृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवारजनमा असमझदारी बढ्नेछ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ । कृषि–चौपाया र बन्दव्यापारबाट पनि भनेजस्तो लाभ हुँदैन । गोपनीयता भङ्ग हुनाले हुन लागेको काम बिग्रने छ ।

 

शुभरङ्ग : कलेजी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : अष्टमातृका, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने, के नगर्ने : लोभ र मोह

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मध्यम स्तरको दिन भए पनि गरेको काम र बन्दव्यापारमा राम्रै छ । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि तपाईंले आफन्तको साथ पाउनु हुनेछ । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । आकस्मिक रूपमा कुनै वस्तुको खरिद गर्दा अनायासै महँगोमा पर्न सकिन्छ, आवश्यक छैन भने पछि खरिद गर्दा राम्रो हुन्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा स्थापनाका लागि सङ्घर्ष गरिने छ । विगतमा भएका गल्ती सच्याउने अवसर पाइने छ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति मन आकर्षित बन्न सक्छ ।

 

शुभरङ्ग : हरियो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने, के नगर्ने : दुःखीको अपमान

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो । तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । दिदीबहिनीको सहयोग पाइने छ । आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्यमा पनि सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुनसक्छ । भौतिक साधनको जोहो गर्ने र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । बोलीका भरमा काम फत्ते गर्न सकिन्छ ।

 

शुभरङ्ग : सेतो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने, के नगर्ने : फजुल खर्च

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । पेसा र व्यवसायका विविध क्षेत्रमा सफलता पाइने छ ।

 

शुभरङ्ग : गुलाबी, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अहिलेको समय तपाईंको पक्षमा छैन । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ, अहिले सकेसम्म खर्चबर्चमा नियन्त्रण गरेकै जाति हुन्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ, प्रतिकूल समय चल्दैछ । यात्राको योग छ तर यात्राबाट फाइदा छैन । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

 

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : खर्र्चमा नियन्त्रण, के नगर्ने : विलम्ब र ढिलासुस्ती

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज राज्य स्थानमा रहेको कमजोर चन्द्रमाको प्रभावले केही काममा ढिलासुस्ती हुनसक्छ । पद र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयासमा सफलता मिल्नसक्छ, धैर्यका साथमा लागी पर्नुपर्छ । सामाजिक सम्मान र साख बढ्ने छ । घरपरिवारमा समय दिन सकिंंंदैन् । आम्दानी घट्ने छैन तर पनि खर्चको मात्रा बढ्न सक्छ । उता उठ्नुपर्ने रकममा पनि विलम्ब हुनाले तनावको सिर्जना हुनेछ । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । बोझिला र शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त हुने छैन । राज्यपक्ष र सरकारी काममा बाधा पुग्नेछ ।

 

शुभरङ्ग : नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी, के नगर्ने : अनुशासन भङ्ग

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सामाजिक सम्बन्ध सुदृढ हुनेछ । कर्मक्षेत्रमा व्यस्त रहनु पर्ने दिन छ । पठनपाठनमा समय दिन सकिंदैन । प्रतिस्पर्धामा विजयी भइने छ ।  प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिंदैन । पेसा÷व्यवसायमा भनेजस्तै लाभ मिल्नेछ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय दिनुपर्ने छ । मान्यजनको सद्भाव मिल्नाले आत्मबल तथा प्रतिष्ठाबृद्धिमा सहयोग पुग्नेछ । दिन बितेको पत्तो पाइने छैन, साँझ श्रममूलक काम गर्नेहरूले अलि बढी थाकेको अनुभूति गर्नेछन्, पौष्टिक आहारामा ध्यान दिनु राम्रो हो ।

 

शुभरङ्ग : कालो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास, के नगर्ने : अल्छीपन र अकर्मण्यता

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय भएकाले दिक्क लाग्नसक्छ, संयम र लगनशील हुनुपर्छ, अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नसक्छ ।

 

शुभरङ्ग : गाढा पहेंलो वा केशरी, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम, के नगर्ने : अपमान

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउनाले दैनिक कामकाजमा असर पर्नसक्छ वा गर्नैपर्ने कुनै काम रोकिन सक्छ । आज धननिवेश गर्नु र साक्षी÷जमानी बस्नु हुँदैन । अनाहकमा अरुले गरेका गल्तीको सजाय पनि आफैले भोग्नु पर्ने हुन्छ । यात्राबाट फाइदा छैन, त्यसैले धेरै टाढा जानु हुँदैन, चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको नै राम्रो हो, नत्र साथीभाइ टाढिन सक्छन् अनि बेकारको विवादमा फँस्न सकिन्छ । सोच नै उल्टो हुने भएकाले आज कुनै पनि नयाँ काम नथाल्नु होला ।

 

शुभरङ्ग : नीलो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : भगवान् महादेव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण, के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, तर कमजोर चन्द्रमा भएकाले कार्यक्षेत्रमा व्यस्त हुनु पर्नेछ । जीवनसाथी वा प्रेमी÷प्रेमिकाले समय प्रदान नगर्नाले मनमा खिन्नता बढ्न सक्छ । दाम्पत्य जीवनमा चिसोपन बढ्नसक्छ । फकाउने र फुस्ल्याउने काममा समय खर्च हुनसक्छ । पार्टनरसीपमा गरिएका कामबाट पनि फाइदा हुँदैन । पेसा वा बन्दव्यापारमा जतिसक्दो धेरै समय दिनु राम्रो हुन्छ । श्रममूलक काम वा कृषि÷पशुपालनका क्षेत्रमा निकै मिहिनेतपछि मात्र लाभ मिल्नेछ । कुनै सरकारी कामकारबाहीमा गरेका कामबाट खासै लाभ हुने देखिंदैन । साँझमा मनोरञ्जनात्मक काममा अनुकूलता बढ्ने छ ।

 

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : राधाकृष्ण, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने, के नगर्ने : कामुकता

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । उद्योगधन्दा, कलकारखाना र बन्दव्यापारमा खटेजति सफलता हासिल हुनेछ ।

 

शुभरङ्ग : सेतो वा घुर्मैलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : विष्णु भगवान्, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने, के नगर्ने : मुद्दामामिला र झैझगडा

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता बढे पनि नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन्छ । विद्यार्थीका लागि आज थोरबहुत सकारात्मक दिन नै रहने छ, तर आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा केही धनराशि खर्च हुने सम्भावना छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । भोगविलासप्रति आशक्ति बढ्न सक्छ वा कुनै तिर्सना जाग्नाले मन विरक्तिन सक्छ, सचेत रहनु होला । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ ।

 

शुभरङ्ग : आकासे, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने, के नगर्ने : अहङ्कार

प्रतिक्रिया