आज साउनको पहिलो दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौं, १ साउन : आज साउन महिनाको पहिलो बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। हिजो मंगलबार प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । हिजो प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार तेजावी सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया