आज सुनचाँदीको भाउ कति छ ?

शर्मिला गुरुङ

काठमाडौं, २ जेठ  : आज साताको पाँचौ दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य सामान्य रुपमा बढेको छ । हिजो बुधबार प्रतितोला ६० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ६० हजार ७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा भने कुनै परिबर्तन भएको छैन । हिजो प्रतितोला ७२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज सोहि मुल्यमा नै कायम रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया