आज ह्वात्तै घट्यो सुनको भाउ

रिता घिसिंग

काठमाडौँ : आज सोमबार सुनको भाउ झन् ओरालो लागेको छ।  सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ।  आइतबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला ५ रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया