आज ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस् कतिमा कारोबार हुँदैछ ?

शर्मिला गुरुङ

काठमाडौं, १ चैत्र : आज साताको अन्तिम दिन अर्थात शुक्रबार पनि सुनको मुल्य ओरालो लागेको छ। हिजो बिहिबारको तुलनामा आज सुन ५ सय रुपैयाँले घटेको छ।

हिजो प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पाँच सयले घटेर आज प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ । आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्य १० रुपैयाँले घटेको छ। हिजो प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया