आफैँले पढाएको विद्यार्थीसँग अवैध सम्बन्धका कारण शिक्षक मोहन महतको मृत्यु, प्रिन्सिपल दोषी छैनन्: सहकर्मी शिक्षक (भिडियोसहित)

रिता घिसिंग

पिएनपीखबर, भक्तपुर : बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका–६, चुवावन स्थायी घर भएका शिक्षक मोहन महत रामेछापको उत्कृष्ट विद्यालयको रुपमा परिचित सुनापति गाउँपालिका–६ डहुको श्री डहु माध्यामिक विद्यालयमा फाल्गुन २१ गते विद्यालयको शौचालय नजिकै घाइते अवस्थामा फेला परेका थिए।  

 बेहोसी अवस्थामा रहेका महतलाई उनकै सहकर्मी शिक्षकहरुले अस्पतालसम्म पुर्याएका थिए। महतको १२ दिन पछि काठमाण्डौको केएमसी अस्पतालमा उपचारकै क्रममा चैत ३ गते निधन भएको हो। 

 

हाम्रो पिएनपि टिम महतको घटनाबारे बुझ्न भनि उनि कार्यरत विद्यालय पुगेका थियौ। महतलाई घाइते वस्थामा फेला पर्दा खुट्टा भाँचिएको र टाउको हल्का घाउ भएको वस्थामा फेला परेको उनको सहकर्मीले  बताए। महतका श्रीमती र दुई छोरा पनि छन्। महत प्राय फोनमा नै झुण्डी रहने र उनको मोबाइलमा एस. एम नामबाट प्राय फोन आउथ्यो। उनि अरु मित्रहरुले थाहा पाउछ कि भनेर होला सायद होस्टेलबाट बाहिर गएर बोल्ने गर्नु हुन्थ्यो। यति सम्म कि पानी पर्दा फोनमा बाधा भयो भनेर छाता ओढी डाडातिर गएर बोल्ने समेत गर्नु हुन्थ्यो। प्रिन्सीपलले महतसंग नराम्रो व्यवहार गरेको खासै नसुनेको उनका सहकर्मीले बताए। 

 

प्रहरीले घटना अनुसन्धान गर्नका लागि एक युवतीलाई पक्राउ गरिएको छ जुन महतकै पुर्व बिद्यार्थी हुन्। उनको उक्त युवतीसंग के सम्बन्ध छ भन्ने अहिलेसम्म थाहा नभएको सहकर्मी बताउछन्। महतले कहिले पनि आफु युवतीसंग बोलेको भनि खुलेर नभनेका कारण सत्य कुरा के हो आफुलाई थाहा नभएको सहकर्मी शिक्षक बताउछन्। 

 

बाँकि हेर्नुहोस भिडियोमा : 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू