आफ्नै नाताकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउ

शर्मिला गुरुङ

काठमाडौँ, १३ जेठ : जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक नेपाली सेनाका जवान पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिकामा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँमा स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नै नाताकी महिलालाई निज विष्टले जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको बताउनुभयो ।

विष्ट नेपाली सेनाको कुमारी दल गुल्म सुपारीटार ब्यारेक हेटौँडामा जवान पदमा कार्यरत छन् । प्रहरी निरीक्षक सुरेन्द्र बमका अनुसार यही असार ८ गते राति सो घटना भएको थियो । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धान थालिएको छ ।रासस

प्रतिक्रिया