आफ्नै श्रीमानले नाङ्गै पारेर एउटै डोरीले परपुरुषसँग बाँधीदिएपछि; न्यायको भिख माग्दै पिडित महिला

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर  : ७ कक्षा उतिर्ण भएर ८ कक्षा पढ्न शुरु गर्दै गरेको बेलामा रसुवाकी गंगा (नाम परिवर्तित) गाउँकै शंकर प्रसाद न्यौपानेबाट जबर्जस्ती बलात्कारको शिकार बनिन्। सानै उमेर भएकोले उनले यो कुरा कसैलाई भन्ने आँट गरिनन्। पछि एक कान दुई कान मैदान हुँदै गाउँ भरि यो कुरा फैलियो।

यो घटना गाउँ भरि फैलिएपछि गाउँका भद्र भलादमीहरुले उनलाई शंकर प्रसादको जिम्मा लगाएर उनकै घरमा भित्र्याइदिए। सानै उमेरमा बलात्कारको शिकार बनेकी उनी यसै पनि पिडामै थिइन् झन् उनै बलात्कारीलाई जिम्मा लगाएर उनकै घर भित्राइदिएपछि शुरु भयो उनको अर्को दु:ख र संघर्षको जीवन। विवाह हुँदासम्म उनी गर्भवती भइसकेकी थिइन् तर उनलाई आफु गर्भवती छु भन्ने पनि थाहा नभएको कुरा उनले भक्कानिदै बताईन। शंकरको घर भित्रिएको ३ महिनामै उनले आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिईन।

उनको अनुसार शंकर प्रसादको घरमा भित्रिएपछि उनले आजसम्म कहिल्यै सुखको सास फेर्न पाईनन्। उनलाई उनका ससुरा बा बाहेक कसैले माया र साथ् दिएनन्। उनलाई ससुराले माया गरेको देखेर उनका परिवारले गंगाको नाम लिएर फलानोलाई माया गरेर हामीलाई चाहिँ हेला गर्ने भनेर डाहा गर्ने गरेको उनले रुँदै बताइन।

ठुली छोरी दु:ख सुख हुर्किंदै थिइन्। त्यसै समयमा श्रीमान् विदेश गए। श्रीमान् विदेश जानु अघि उनको दोस्रो गर्भ बसिसकेको थियो। उनले दोस्रो सन्तानको रुपमा छोरीलाई नै जन्म दिईन। उनको काधमा झन् दुई-दुई ओटा छोरीहरुको लालनपालन गर्नुपर्ने जिम्मेवारी थपियो। पहिला कसैको साथ सहयोग नपाए पनि ससुराको मायाको सहारामा बाचेकी उनको ससुरालाई पनि गाउँलेहरूले अनेक झुठा लान्छना लगाएर गाउँ निकाले गरेपछि उनको सहारा टुट्यो। त्यसपछि उनलाई बाच्न आड भरोसा दिने कोहि भएन। तर पनि आफ्ना दुई नाबालक छोरीहरुको मुख हेरेर बाच्ने सहास गरिन।

उता कमाउन विदेश गएका श्रीमानले कहिल्यै श्रीमती सम्झेर फोन गरेनन्। न त उनले आफ्नो सन्तानको बारेमा के खाए, के लाए खोजीनिती नै गरे। उनले ज्याला मजदुरी गरेर पैसा जम्मा गरेर श्रीमानलाई फोन गर्दा पनि तैले कसरी मेरो नम्बर पत्ता लगाइस भनेर उल्टो गालि गरे। गाउँलेहरुले उनलाई तेरो श्रीमानले अर्कै बिहे गरेको छ रे, यस्तो छ रे उस्तो छ रे भनेर सुनाउथे तर उनलाई आफ्नो श्रीमान भगवान लाग्थ्यो। उनलाई अरुको कुरामा विश्वास लागेन।

यति हुँदा-हुँदै पनि श्रीमानको माया पाउने आशमा बसेकी उनको श्रीमान् २०७१ सालमा घरमा फर्किए तर उनीप्रति गर्ने माया फर्केन । उनका श्रीमान नेपाल आएर पनि बाहिरै बस्ने, बाहिरै खाने, बाहिरै रमाउने गर्न थाले। गाउँमा आइहाले पनि आफ्नो घरमा नबसेर काकीको घरमा बस्थे।

अनेक ठक्कर खाएर पनि कसैकों साथ् र भरोसा बिना आफ्ना दुई छोरीको मुख हेरर संघर्ष गरिरहेकी उनको लागि २०७५ साल साउन ११ गतेको रात कालो रात बनेर आयो । उनीमाथि खाँदै नखाएको विष लाग्यो।

उनको अनुसार गाउँमा घर बनाउँन आएका एक जना मजदुरसँग उनको नाम जोडेर उनका श्रीमानले गाउँका २५/ ३० जनाको समुह जोडेर उनीमाथि कुटपिट गरे। श्रीमानले कुटपिट गर्दा उनको पिसाब खुस्केको उनले रुँदै बताईन। उनले बताए अनुसार त्यहि कारण अहिलेसम्म पनि उनको पिसाब रोकिंदैन।

कुटपिट गरिसकेपछि श्रीमानकै आदेशमा गाउँकै पोष प्रसाद न्यौपानेले जबर्जस्ती घिसार्दै भित्र लगेर सागर न्यौपाने र रामचन्द्र न्यौपानेको सहयोगमा उनलाई आरोप लगाईएको केटोसँग खप्टाएर एउटै डोरीले बाधिदिएपछी उनका श्रीमानले वडा अधक्ष्य केशर बहादुर गुरुङलाई फोन गरेर यस्तो घटना देखे आउनु पर्यो भनेर बोलाएर।

वडाअधक्ष्य आए पछि उनले “अङ्कल मैले केहि गल्ति गरेको छैन, म हजुरको छोरी हैन र ? मलाई किन यस्तो गरियो ?” भनेर बिन्ति गर्दा वडाअधक्ष्यले मैले यस्तो अवस्थामा देखिसकेपछि म प्रहरीलाई खबर गर्छु भनेर प्रहरीलाई फोन गरेको उनले दुखेसो पोखिन। सबैको मिलोमतोमा उनलाई रातको १२ बजे दुई नाबालिका छोरीहरुबाट छुट्याएर प्रहरीको जिम्मा लगाएर पठाइएको उनले धरधरी रुँदै बताइन ।

न्यायको ढोका ढकढकाउन राजधानी छिरेकी उनलाई अहिले न्याय पाउछु भन्ने आशा हराउदै गएको छ । पत्रकार सम्मेलनमै उनको रोदन र ब्यथा सुनेर अधिकांस महिला पत्रकारहरु समेत रोएका थिए। 

उनको दर्दानाक पिडा हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू