आफ्नै हातले शव उठाएका स्थानीय भन्छन ‘‘चपिङबोर्डमा प्याज काटेझै हत्या गरेको देखियो’ (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको कारुणिक नरसंहार घटना रहस्यमय बनेको छ। हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको शव झुन्डिएको अवस्थामा भेटिएपछि हत्याकाण्ड थप रहस्यमय बनेको हो। प्रहरीले मानबहादुरमाथि नै हत्या आरोप लगाएको छ।

स्थानीय पहलमान फियाक भन्छन ‘चपिङबोर्डमा प्याज काटेझै हत्या गरेको देखियो। शरीरका विभिन्न भागमा खुकुरी र छुरी प्रहार भएको देखिन्थ्यो। यो घटनालाई विभिन्न कोणबाट अनुुसन्धान गरिनुपर्छ। यस्तो विरक्तलाग्दो घटना मैले देखेको थिइनँ ।’

घटनाको प्रकृति हेर्दा एकजनाको मात्रै संलग्न देखिदैन। अपराधीहरु दुइ स्थानमा भाग लगाएर अब सुरु गराउ भन्ने हिसाबले गरेको देखिन्छ। मुख्य आरोपी मानबहादुर भएता पनि उनले अरुको साहारा लिएको हुन् सक्ने उनले बताए। उनले भने ‘घटनास्थल यस्तो थियो कि खुट्टा पुरै रगतको आहालमा डुबेको थियो। यस्तो घटना जो कोहिले हेर्न सक्ने हालतमा थिएन। उस्तै मुटु रोगि भए बेहोस हुने अवस्थामा थियो शव। ‘

यस घटनाबाट बचेकी बालिकालाइ मंगलबार बिहान स्थानीय मिलेर उद्दार गरेका थिए। उद्दार गर्नेक्रममा बालिकाले नाकाब लगाएको र मोटो खालको व्यक्तिले सुरुमा घरको बिजुलीको मुख्य स्विच अफ गरि टच लाइट बालेर काट्दै मार्दै गर्दा उनले लाइट बाल्ने क्रममा बाटो हेरेर लाइट निभाउने क्रममा भाग्न सफल भएको बताएकी थिइन्।

सोमबार राति बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो।

बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमले नौ जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। तर, एक युवकले दुई घरमा बसेका नौ जनाको हत्या गर्न नसक्ने मृतकका आफन्त, स्थानीय र बुद्धिजीवी बताउँछन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू