आफ्नो अनुहार हेरेर आफै तर्सिन्छन यी तेलमा डुबेर घाइते भएका बालक, उपचार गर्न नसक्दा परिवारमा रुवावासी

मनिषा थापा

पिएनपिखबर :  गरिबलाई नै अनेक चपेटा पर्ने गरेको हामी देख्दै सुन्दै आएका छौ। यसको उदारहण बनेका छन् प्युठानका २ वर्षीय बालक शिशिर खड्का। रोटि पकाउने तेलको भाडोमा डुबेर आधा शरीर र पुरै अनुहार उनको विछिप्त बनेको छ।

घटना घट्ने समय शिशिरकी आमा पानी लिन गएकी थिइन् भने बाबु भारतमा थिए। अहिले यी अबोध बालक मृत्यलाई जित्न दिनप्रति दिन लडिरहेका छन्। उनका बाबुआमा पनि उनलाई सकेसम्म ठिक पार्न दिन रात एक गरेका छन् तर आर्थिक अभावका कारण उपचारमा निकै कठिनाई भईरहेको छ।

प्युठान घर भएकी यसोधा खड्का र उनका श्रीमान राजु खड्काले असार देखि काठमाडौँ रहेर छोराको उपचार गराईरहेका छन्। उनीहरु हालै कृतिपुरमा कोठा लिएर बसेका छन्। उनका घरबेटीले पनि खड्का परिवारको दयानीय अवस्था रहेका कारण भाडा लिने नगरेको यसोधा बताउछिन्। उनी भावुक हुँदै भन्छिन, ‘छोरा आफ्नै अनुहार ऐनामा हेरेर भूत भन्छ। राति उठेर पनि आतालिदै कराउने गर्छ बाबु।’

शिशिरका परिवारले ऋण गरेर कृतीपुर अस्पतालमा छोराको उपचार गरिरहेका छन्। उनको शरीरको विभिन्न भागको अप्रेशन गरिएको छ र अझगर्नु पर्ने डाक्टरले बताएका छन्। अहिलेसम्म १२ लाख रपैया खर्च भईसकेको छ अबका अप्रेशनका लागि कहाँबाट पैसा ल्याउने भन्दै शिशिरका आमा भकानिन्। उनकी आमाले छोराका उपचारका लागि सहयोगका लागि अपिल समेत गरेकी छिन्। शिशिरको उजाडिएको जिन्दगीमा फेरी पनि आशाका किरणहरु ल्याउन तपाई हामी मिलेर सहयोग गरौ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू