आफ्नो कालो कर्तुत पर्दाफास भएपछि सावित्री सुबेदीले संचारकर्मी गंगा लामालाई दिइन् ज्यान मार्ने धम्कि [कल रेकर्डसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। सावित्री सुबेदी अहिले चर्चामा आएको नाम हो। उनी कहिले निर्मलालाई न्याय दे भनेर पेटिकोट काण्डबाट हाइलाइटमा आउछिन् त कहिले बमदिदीबहिनीलाई न्याय दे भन्दै वकालत गरेर हाइलाइटमा आउछिन। पछिल्लो समय उनी माइजु भान्जा काण्डबाट पनि हाइलाइटमा आएकी छिन् ।

माइजु भान्जा काण्डको लागि उनी सिन्धुली पुगेकी थिईन्। उनी मात्र होइन गुड टिभीकि संचालिका गंगा लामा पनि समाचार संकलन गर्न त्यहाँ पुगेकी थिईन्। पिडित पक्ष बोल्न नमाने पछि उनी बम्जनकोमा जाने निधो गरिन्।

अध्यारो भइसकेको थियो। बम्जनकोमा जान समय नभ्याउने भएकोले उनी सावित्री सुबेदी जो महिला अधिकारकर्मी हुन् उनको घरमा पुगिन्। सावित्रीको घरमा पुगेर उनले सावित्रीको आमा र बुबासँग अन्तर्वार्ता लिएर आइन्।

अन्तर्वार्ता लिएर आएको भोलि पल्ट उनले भिडियो अपलोड त के आफ्नो ल्यापटपमा सार्न समेत भ्याएकी थिइनन् उनलाई फोन आयो। भिडियो नहाल्नु हालेमा अप्ठेरो पर्न सक्छ भन्दै उनलाई फोनमा सावित्रीले धम्कि दिइन्।

धम्किलाई वेवास्ता गर्दै गंगा लामाले सावित्रीको बुबा आमासँग लिईएको अन्तर्वार्ता आफ्नो च्यानल मार्फत सार्वजनिक गरिन्। हाल उनलाई धम्कि दिइएको कल रेकर्ड समेत सार्वजनिक भइसकेको छ।

गंगा लामाको नाममा मान हानीको केस समेत दर्ता भएको भन्दै सावित्रीले कल गरे पछि गंगा लामाले आफ्नो वकिल बुझ्न पठाउदा दर्ता भएको तर ठोस सबुत नभएको जानकारी आएको छ।

अब जे हुन्छ कानुनी रुपमा नै हुन्छ भन्दै गंगाले आफ्नो कामलाई निरन्तर दिईरहेकी छिन्। महिला भएर महिलालाई नै दबाउन खोज्ने त्यो पनि एउटा पत्रकारलाई यो मलाई आजको दिनमा परेको छ भोलिको दिनमा तपाइलाई पनि पर्न सक्छ भनेर उनले अरु पत्रकारलाई समेत सचेत गराएकी छिन्।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू