आफ्नो घरमा कुनै प्रकारको समस्या आउन नदिन हनुमानजीको यो मन्त्र जप्नुहोस

रिता घिसिंग

एजेन्सी : जुन घरमा भगवान हनुमानजीको मंत्र जप हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन । हनुमानजीका प्रसिद्ध मंत्र छन् जुन घरमा ति मंत्रको साधना गर्दा सबै प्रकारको दुःख नास हुन्छन् । हनुमानजी यस्तो देवता हुन् कि उहाँ छिट्टै प्रसन्न हुुनुहुन्छ । जो भक्तले सेवा भावले हनुमानजीको सेवा गर्दछन्, उनलाई हनुमानजीको दयारूपी शितलता निश्चित सम्भव हुन्छ ।

हनुमानजीलाई प्रसन्न गर्न ज्यादै सरल उपाय छन् । जीवनमा केही समस्या परेमा हनुमानको नाम लिनेवित्तीकै विध्न वाधा हटेर जान्छ । उहाँलाई प्रसन्न पारेर सबै सिद्धि, शक्ति प्राप्त गर्न सकिन्छ । सौ उहाँकै कृपाबाट अष्ट सिद्धि, नव निधि प्राप्त गर्न सकिन्छ । हनुमानको साधाना गर्नुभन्दा पहिले केही नियम प्रति ध्यान दिनु जरूरी छ ।

१- पूजा गर्दा ब्रह्मचर्य पालन गर्नु जरूरी छ । २- निश्छल सेवा भावना राख्नुपर्छ, क्रोध र अहंकारबाट टाढा रहनुपर्छ । ३- हनुमानलाई ध्यु हालेर बनाइएको प्रसाद चढाउनुपर्छ । ४- तामसिक भोजन त्याग्नुपर्छ, पुजा अनुष्ठानको बेला सकेसम्म नुनको प्रयोग पनि गर्नुहुन्न । मंगलवारको दिन ब्रत बस्नुपर्छ, त्यस दिन नुन खानुहुन्न । भगवान हनुमानजीलाई खुसी पार्न यि चिजहरू आफुँग राख्नुपर्छ ।

हनुमानको साधना गर्दा
१- हनुमानजीलाई रामभक्त अत्यधिक प्रिय लाग्छ । तुलसीदास जीले रामलाई पुकार्दा उहाँलाई हनुमानजीको कृपा सहजै प्राप्त भयो । यसका लागि नियमित रूपमा रामायणको पाठ गर्नु जरू री छ । पूजाका लागि सकेसम्म एउटै समय राख्नु उपयुक्त हुन्छ । २- तुलसीदास लेख्नुहुन्छ, राम नाम जपेको हनुमानजीलाई असाध्यै मन पर्छ । हनुमानजीलाई खुसी पार्न रामकै नाम काफी छ ।
३- हनुमान चालीसाको प्रभाव अत्यधिक चमत्कारी हुन्छ, यसको नियमति ११ पटक गरे हनुमान प्रसन्न हुुनुहुन्छ । ४- हनुमान साधनाको केही तांत्रिक प्रयोग र मंत्र पनि छन् ।

त्यसको साधनाले हनुमानजीलाई खुसी पार्न सकिन्छ । ति मन्त्रहरू निम्न छन् । शुक्ल पक्षको पहिलो मंगलवारदेखि रातो आसनमाथि हनुमानजीको प्रतिष्ठित मूर्तिको सामुन्ने दियो बालेर रातो चन्दनको माला वा मुंगको ११ मालालाई ४० दिन सम्म जपेपछि सिद्धि प्राप्त हुन्छ ।

मन्त्रहरू – ऊँ हुँ हुँ हनुमतये फट्। (ऊँ पवन नन्दनाय स्वाहा । – ऊँ हं हनुमते रुद्रात्मकाय हुं फट। – अष्टदशाक्षर मंत्र अत्यधिक चमत्कारी एवं हनुमानजीको कृपा दिनेवाल छ । मंत्र महोदधीमा वर्णन भए अनुसार जुन घरमा यस मन्त्रको जप हुन्छ, त्यहाँ कुनै प्रकारको धन हानी नोक्सानी हुन्न, सम्पन्नता र खुशि फैलिन्छ भनिएको छ । ‘नमो भगवते आन्जनेयाये महाबलाये स्वाहा’ यस मंत्रको देवता हनुमान हो , ऋषि ईश्वर हो, हुं बीज हो , स्वाहा शक्ति हो । तथा अनुष्टुप छंद हो । यस मंत्रको दसहजार पटक जप गरेर दशांस हवन गर्नुपर्छ ।

– हनुमानजीको केही प्रसिद्ध मंत्र जसको साधना गरेर सबै प्रकारको दुःख संकट सधैंका लागि नष्ट हुन्छ । ४१ दिनसम्म नियमित रूपमा ३ वा ७ माला घ्युको दियो बालेर बत्तीको सामु जप गर्नुपर्छ । संयम पूर्वक यस मंत्रको जाप गरौं । – ओम नमों हनुमते रुद्रावताराय विश्वरूपाय अमित विक्रमाय प्रकटपराक्रमाय महाबलाय सूर्य कोटिसमप्रभाय रामदूताय स्वाहा। – ओम नमो हनुमते रुद्रावताराय सर्वशत्रुसहांरणाय सर्वरोगाय सर्ववशीकरणाय रामदूताय स्वाहा। – ओम नमो हनुमते रुद्रावतराय वज्रदेहाय वज्रनखाय वज्रसुखाय वज्ररोम्णे वज्रनेत्राय वज्रदंताय वज्रकराय वज्रभक्ताय रामदूताय स्वाहा।

प्रतिक्रिया