आफ्नो बालबालिकाको स्वास्थ्य जिवनको सबै भन्दा महत्वपुर्ण पाटो हो भन्ने सोच्नुहुन्छ भने अहिलैबाट मोबाईल दिन बन्द गरिहाल्नुहोस : डा. शुसिल कंडेल

शर्मिला गुरुङ

काठमाडौँ, १८ वैशाख : तपाईको जिवनको सबै भन्दा महत्वपुर्ण पाटो स्वास्थ्य हो भने एक पटक यो भिडियो हेर्नुहोला । यस भिडियोमा के हो मानसिक रोग अथवा समस्या ? किन हुन्छ मानसिक समस्या ? मानसिक समस्या कसरी विकास हुन्छ ? उचित उपचार के हो ? साथै जन्म देखी ०५ वर्ष सम्मको बच्चाहरु मानसिक रोग वा समस्यामा परेका नपरेको कसरी थाहा पाउने ? समाधानका लागि के गर्ने ? भन्ने विषयमा मानसिक स्वास्थ्य विशेषज्ञ डा. शुशिले कंडेलको परामर्श प्रस्तुत गरिएको छ ।

मानसिक स्वास्थ्य विशेषज्ञ डाक्टर शुशिल कंडेलले सहजिकरण गर्नुभएको एक प्रशिक्षण कार्यक्रममा विश्वव्यापि रुपमा दिन प्रतिदिन विकराल समस्याको रुपमा बढिरहेको मानसिक स्वास्थ्य समस्या, समाधानका उपायहरु लगायतका विषयमा अभिभावकहरुलाई प्रशिक्षण प्रदान गरी यसबाट जोगाउने उद्देश्यले नेपाल प्रहरीको पहलमा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत प्रशीक्षण प्रदान गरीएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राईजिङ स्टार युथक्लब रिठ्ठेपानीसँगको सहकार्यमा यहिँ वैशाख १६ गते पोखरा महानगरपालिका २७ रिठ्ठेपानीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया