आफ्नो मनलाई शान्त राख्न जहिले आफ्नो दिमागमा राख्नुस् यी १२ कुरा

रिता घिसिंग

एजेन्सी : कसैलाई सल्लाह दिनु पर्‍यो भने हामी तत्काल अघि सर्छौं । तर त्यही कुरा आफूमा लागु गर्न भने हामी चुकिरहेका हुन्छौं । यदि तपाइँ एकान्तमा हुनु हुन्छ भने सँधै केही कुरामा विचार गर्नुस् जसले तपाइँलाई खुसी र सन्तुष्टि दिन सक्छ ।

१. मेरो साथमा जे छ ती सबै कुराको नियन्त्रण म सँग छैन । तर कुन कुराप्रति कसरी प्रतिक्रिया जनाउने भन्ने कुरा मेरो नियन्त्रणमा छ । समयसँगै हुने कुरा मैले टारेर टार्न सक्दिन । तर मेरो कारणले हुने कुरा नियन्त्रण गर्न सक्छु ।

२. जिन्दगीमा जे आउँछ त्यसलाई सहज लिन्छु । तर आफूले गरेको काम सकेसम्म उत्तम बनाउने कोशिस गर्छु ।

३. जव म कुनै कुरामा विजेता बन्छु त्यतिबेला पनि म आफूलाई त्यति राम्रो ठान्दिन जति अरु मलाई ठान्छन् । म अझै राम्रो गर्न सक्छु । जव म असफल हुन्छु त्यतिबेला म कमजोर अनुभव गर्दिन ।

४. म झन्झटको ब्यवस्थापन गर्नु भन्दा दिमागलाई ब्यवस्थापन गर्छु । सकारात्मक सोंच राख्छु ।

५. कठिन परिस्थितिबाट जतिसक्यो त्यति छिटो बाहिर आउँछु । लक्ष्य हासिल गर्न सँधै काम गरिरहन्छु ।

६. बनाबटी असल देखाउनु भन्दा गल्ती गर्नु नै उत्तम हो । गल्तीले जीवनमा पाठ सिकाउँछ । तर म असल छु भन्ने मात्र सोंचाइ राख्दिन ।

७. चुनौती त्यतिबेला मात्र रोकावट बन्छ जव हामी यसमा झुक्छौं । जन्म र मृत्यु मैले चाहेर हुने कुरा होइनन् ।

८. म कुनै पनि डर लुकाउने कोशिस गर्दिन किन भने मलाई थाहा छ कि जीवनमा अझै धेरै राम्रा कुरा आउन बाँकि नै छ । ९. सँधै आफूलाई असल मानिस बनाउने कोशिस गर्छु ।

१०. आज जे छ भविष्यमा यस्तै हुने छैन । भविष्य विल्कुल फरक पनि हुन सक्छ । मेरो अगाडी सुनौलो भविष्य बाँकि छ ।

११. खुसी त्यतिबेला मात्र आउँछ जव म मन देखि सन्तुष्ट रहन्छु । खुसी मनले पैदा गर्ने विषय पनि हो ।

१२. सानो सानो सफलतामा पनि रमाउँछु । किन भने सफलता भनेको साना साना कुरा जोडिएर बन्ने विषय हो ।

प्रतिक्रिया